स्पेनमा पनि एकै दिनमा कोरोनाबाट ३२४ जनाको मृतु ,,
चैत ८ ,मड्रिड – कोभिड १९ बाट स्पेनमा एकैदिनमा ३२४ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार शनिबार अहिलेसम्म उच्च मृत्युदर रहेको जनाएको छ ।
स्पेनमा हालसम्म १३२६ जनाको मृतु भएको छ ।शुक्रबार मात्र २३५ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
त्यसैगरी संक्रमितको संख्यामा पनि एकाएक वृद्धि आएको छ । शनिबारमात्र देशभर पाँच हजार नयाँ संक्रमित भेटिएका हुन् ।
देशभर संक्रमितको संख्या २४ हजार ९२६ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।अहिलेसम्म बढी प्रभावित भएका चीन, इटालीपछि स्पेन तेस्रो नम्बर भएको छ ।
स्पेन सरकारले गत सातादेखिनै लक्डाउनको घोषणा गरेको छ ।बिबिसी ।

