नवलपरासीमा बस दुर्घटनामा पाँच जना घाईते ,
चैत ८ ,नवलपरासी पश्चिम -नवलपरासी पश्चिमको सुस्ता गाऊपालिका वडा नं।- ३ सेखुअनवामा बस दुर्घटना हुदाँ ५ जना घाईते भएका छन ।
शनिवार दिउँसो त्रिबेणी देखि बर्दघाट जादै गरेको लु २ ख १२७ नम्बरको मिनी बसले सेखुवनवा स्थित पुलको डिलमा अनियन्त्रित भई ठोकिन पुग्दा सुनवल नगरपालिका वडा नं.८ पिपल डाँडा बस्ने ४५ बर्षिय चन्द्रावती हरिजन र सोही ठाँउ बस्ने केसरी हरिजन गम्भीर घाईते भएका छन ।
घाईतेलाई थप उपचारको लागि प्रदेशिक अस्पताल बुटवल पठाईएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
बिनयी त्रिबेणी गाँउपालिका वडा नं ७ बस्ने ४३ बर्षिय राम माया थापा, प्रतापपुर गाँउपालिका वडा नं.१ बस्ने ७० बर्षिय बासमती थारु र सोही ठाँउ बस्ने चुडामणी थारु समान्य घाईते भएको प्रहरीले जनाएको छ ।
अंगद यादव,नवलपरासी पश्चिम,

