Gold
Bangad salyan

चीनका नाक खुलाउने तयारिमा सरकार ,

चैत १२ ,काठमान्डौ – सामान आयत निर्यातकालागि सरकारले चिनतर्फका रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको छ ।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबारको बैठकले चिनियाँ नाका खुला गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालय र कृषि तथा पशुपन्छी विकास मन्‍त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने गरिने भएको छ ।

त्यसका लागि आवश्यक समन्वय गृह मन्‍त्रालय र अर्थ मन्त्रालयले गर्ने जनाइएको छ । कोभिड–१९ को संक्रमण फैलिएसँगै रसुवागढी र तातोपानी नाका बन्द गरिएको थियो ।

गत सातासम्म नेपालले आवतजावतमा विस्तारै चारैतिरबाट कडाइ गर्दै लगेकाले तत्काल चिनियाँ नाका खोल्न सहमत भने थिएन।

भारतबाट आयात सुचारु रहेको, समान्य अवस्थामा भन्दा आयातमा समस्या देखिइसकेको लगायत कारणले केही दिनयता नेपालका सरकारी अधिकारीहरु चिनियाँ नाका खोल्न सहमत भएका छन् ।