कोरोना संक्रमित युवती संग आएका काभ्रेका ७ जना सम्पर्कमा ,
चैत १२ ,काठमान्डौ – कोरोना संक्रमित पुस्टि भएकि युवती संग कतार एयरवेजको विमानमा नेपाल आएका काभ्रेका ७ जना सम्पर्कमा आएक छन् ।
सम्पर्कमा आएका ४ जना धुलिखेलका रहेका र एक जनाको ठेगना पुष्टि हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जानकारी दिए।
बुधबार सम्पर्कमा आएका ३ महिला र २ पुरुष रहेको तिमिल्सिनाले बताए। सम्पर्कमा आएका हरुले दिएको बयान अनुसार सबै अमेरिकाबाट कतार हुदै नेपाल आएका हुन् ।
अहिले उनीहरु घरमै सेल्फ क्वरेन्टाइन बसिरहेको र उनीहरुलाई टेकु अस्पताल लैजाने बिषयमा छलफल भइरहेको तिमिल्सिनाले जानकारी दिए।
नोबेल कोराना भाइरस (कोभिड–१९)को पुष्टि भएकी युवतीसँगै विमानमा बनेपा नाला र धुलिखेल काभ्रे भञ्जाङका २ जना मंगलबार नै सम्पर्कमा आएका थिए ।
यो सँगै कतार एयरवेजमा नेपाल फर्केका काभ्रेमा ७ जना सम्पर्कमा आएका छन् । अन्यको सरकारले खोजि गरिरहेको छ ।

