कोरोना रोकथामको पुर्वतयारिमा कर्णाली सरकार अगाडी ,
चैत १६ ,काठमान्डौ – विश्वमै फैलीएको कोरोना संक्रमण उपचार तथा रोकथामकोको लागि कर्णाली प्रदेश सरकार अग्रपंतिमा देखिएको छ ।
कोभिड १९ रोकथामको लागि कर्णाली प्रदेश सरकारले १० वटा जिल्लाका स्थानिय सरकार र प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थाको एकिकृत परिचालन गरिसकेको छ ।
तेस्तै सरकारले कर्णाली प्रदेश क्षेत्रका सिमानामा रोकथाम तथा हेल्थ डेस्क स्थापना नगरपालिकामा ,क्वारेनटाईन निर्माण,आईसोलेसन स्थापान गरि सकेको छ ।
कर्णाली सरकारले कोरोना संक्रमणको सुरक्षा उपचारको लागि विपद कोष खडागरि मुख्यमन्त्री महेन्द्र बहादुर शाही ,लगायत सरकारका मातहातका मन्त्रि कर्मचारीले एक एक महिनाको आर्थिक सहयोगको घोषणा समेत गरिसकेका छन् ।
कोभिड १९ बाट नागरिकको सुरक्षाको लागि प्रदेश सरकारले बाटोमा हेल्थडेस्क, वडामा क्वारेनटाईन ,स्वास्थ्य संस्थाहरूमा आईसोलेसन र आवतजावतमा काडाई गर्न थालेको छ ।
कर्णाली सरकारको मातहातमा रहेका नगरपालिका हुँदै स्थानि सरकार गाँउ टोलमा जनप्रतिनिधि,कर्मचारी राजनितिकदल तथा संन्चारक्षेत्रलाई एकिकृत रूपमा परिचालन गरीने पनि जनाएको छ ।
कोरोना संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनको नियमलाई पालना गर्न निर्देशन गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले देश बासीको नाममा सम्बोधन पनि गरेका छन् ।
कर्णाली प्रदेश मन्त्रि परिषदको केहि दिन अगाडी मात्र बसेको बैठकले कोरोना संक्रमणको लागि थप आयोजनाका निर्णय गर्ने समेत निष्कर्ष निकालेको थियो ।
विरिन्द्रनगरमा नेपालि सेनाले निर्माण गरेको क्वारेईनटाईनको मुख्यमन्त्री शाहीले अवलोकन गरिसकेका छन् ।
विश्वका झन्डै १९६ मुलुकमा महामारीको रुपमा फैलीएको कोरोना महामारी नेपालमा पनि देखिएको छ । हाल सम्म नेपालमा ५ जनामा कोरोन संक्रमणको पुस्टि भएको छ ।
यो पनि ,
कर्णाली प्रदेश सरकार मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले विपद् कोषमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफ्नो एक महिना बराबरको पारिश्रमिक ५३ हजार ९ सय, राजनीतिक सल्हाकार भिम प्रकाश शर्माले ४५ हजार ,आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ५० हजार जम्मा गर्ने घोषणा गरेका छन् ।
तेस्तै आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले ५०, भूमि व्यवस्था कृषी तथा सहकारी मन्त्री बिमला केसीले ५०, सामाजिक विकास मन्त्री दल रावलले ५० र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले ५० ,मुख्यमन्त्री शाहीका प्रमुख स्वकिय सचिव खेमबहादुर सिंहले ४० हजार विपद कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।
तेस्तै कर्णाली सरकारको प्रदेश विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंकको तर्फबाट बैंकका प्रदेश कार्यालय प्रमुख रञ्जन कोइरालाले १० लाख रुपैयाँको चेक र नौमुले गाउँपालिका ,३ द्वारी दैलेख निवासी पदमबहादुर विश्वकर्माले व्यक्तिगत रुपमा ५१ हजार रुपैयाँको चेक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तरण गरेका छन् ।

