दुवैमा थप २ जनामा कोरोना संक्रमण ,
चैत १८ ,युएई – दुवैमा आज २ जना नेपालीमा अकोरोना संक्रमण फेलापरेको छ । यो संगै दुवैमा ८ जना नेपालिलाई कोरोना संक्रमणको पुस्टि भएको छ ति मध्य २ जना नेपालि सन्चो भएर गईसकेका छन् ।
युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार २ जना नेपालीसहित ५३ जना नयाँ संक्रमित फेला परेको बताएको छ ।
यस्तै मंगलबार नै एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६७ वर्षका एशियाली नागरिक रहेको यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
कोरोनाका कारण यहाँ मृत्यु हुनेको संख्या ६ पुगेको छ ।मंगलबार ५३ जना नयाँ संक्रमित फेला परेसँगै यूएईमा हालसम्म संक्रमितको संख्या ६ सय ६४ पुगेको छ ।

