Gold
Bangad salyan

स्वास्थ्य सामग्रीमा अनियमितता गर्नेलाई कुनै रानजीतिक ढाकछेक नगरी बर्खास्त गर्न देउवाको माग ,

चैत २१ ,काठमान्डौ – कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा अनियमितता गर्नेलाई तत्काल बर्खास्त गर्न नेपालि कांग्रेसका सभापति पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका छन् ।

देउवाले शुक्रबार विज्ञप्ति जारी गरी अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्‍याएको भन्दै त्यसको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने बताएका छन् ।

यो गम्भीर र महामारीको अवस्थामा अनियमिततामा संलग्‍न भएको आरोप लागेकाहरुको अनुसन्धान र कारबाहीमा भएको ढिलाइमा पनि देउवाले आफ्‍नो ध्यानाकर्षण भएको बताएका छन्।

बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफीयोग्य छैन, देउवाको विज्ञप्तिमा उल्लेख छ ।

ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाहीको प्रक्रियालाई सघाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई देउवाको आग्रह छ ।

मेडिकल सामग्री खरिद प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइरहेको एवं समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको देउवाको आरोप छ ।

‘लक डाउनका कारण एक ढंगले बन्द समाजको स्थिति बनेका बेला भ्रष्टाचारका प्रकरणले सहजता पाउन सक्ने वातावरणलाई दृष्टिगत गर्दै सम्बन्धित संवैधानिक निकायले बिशेष चनाखो भइ कार्य गर्न आवश्यक छ ।

नेपाली कांग्रेस सबैखाले अनियमितता र बेथितिविरुद्ध निरन्तर उभिने, तर संकटसँग जुध्न निरन्तर सरकारको साथमा रहने देउवाको विज्ञप्तिमा उल्लेख छ ।

,