Gold
Bangad salyan

सिम्ता गाँउपालिकाले कोरोना रोकथामका लागि चाइरस किटनासक औषधि छर्किदै,

चैत २१ ,काठमान्डौ – सुर्खेतको सिम्ता गाँउपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि काेलाेरिन पाउडर चाइरस किटनासक औसधि छर्किएको छ ।

गाँउपालिकाको आर्थिक सहयोग र गाँउ स्वास्थ्य शाखाको आयोजनामा सिम्ताका विभिन्न क्षेत्रमा १५ हजार लिटर किटनाशक औषधि छर्कीएको गाउँ स्वास्थ शाखाका संयोजक विरेन्द्र पुनले जानकारी दिए ।

सिम्ताको राकमपुलवजार,जामुनेवजार,चौर ज्यामिर चौर,गाेजिवजार,लुकुइ,औल झ्याम, गजौड,वालि खाेला,काली खाेला,तारकुला,बाँखर्क,छेडावजार,आली लगाएत दमकलको पहुँचपुग्ने स्थानका क्षेत्रमा किटनासक औसधि छर्किएको हो

यस्तो किटनाशक छार्कनाले कोरोना रोकथाम संगै विभिनन खालका किटाणु भाईरसहरु नियन्त्रण तथा उन्मुलन हुने गाँउपालिकाका अध्यक्ष कविन्द्र केसीले जानकारी दिए ।

गाँउपालिकामा अहिले सम्म कुनैपनि संकास्पद बिरामी नभेटीएको पनि अध्यक्ष केसीले बताए ।कोरोन रोकथाम र नियन्त्रणको लागि सिम्ता गाँउपालिकाले क्रमबद रुपमा काम गरिरहेको र ५० शैयाको क्वारेईनटाईन समेत सुरु गरिएको केसीले बताए ।