प्रचण्ड देखि खिलराज रेग्मीलाई कांग्रेस सभापति देउवाको टेलिफोन ,
चैत २३ ,काठमान्डौ – प्रतिपक्षि दल नेपालि कांग्रेसका सभापति शेर बहादुर देउवाले पुर्वप्रधानमन्त्री हरुलाई टेलिफोन गरेका छन् ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिबारे देउवाले पुष्पकमल दाहाल ‘प्रचण्ड’, लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई टेलिफोन गरेका थिए ।
सबै पुर्वप्रधानमन्त्री हरुलाई आईतबार आफुले टेलिफोन गरेको र अरु मन्त्रिहरुसंग टेलिफोन गरि कोरोना नियन्त्रणमा थप कदम चाल्न आग्रह गर्ने देउवाले ट्वीटरमार्फत् जानकारी दिएक छन् ।
कांग्रेस सभापति देउवाले नेकपा अध्यक्षसमेत रहेका प्रचण्डसँग कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गम्भीरतापूर्वक कदम चाल्नुपर्ने बताएका थिए ।
सरकारले गरेको काम कदममा कांग्रेसले सहयोग गर्ने पनि देउवालेको सचिवालयले जनाएको छ ।

