आज देखि भरतपुरमा कोरोना परिक्षन गर्न मिल्ने ,मेयर दाहाल ,
चैत २३ ,काठमान्डौ – आज देखि चितवन भरतपुरमा पनि कोरोना संक्रमण परिक्षन गर्न मिल्ने भएको छ ।
कोरोन परिक्षन प्रयोगशाला भरतपुर कोरोना अस्पतालमा तयार रहेको र आजै देखि सुभारम्भ भएको भरतपुरकि मेयर रेणु दाहालले बताईन ।
कोरोन अस्पताल स्थापनाका लागि जुट्ने र सहयोग गर्ने मन्त्रालय देखि सम्पूर्ण विज्ञ डाक्टरसहित AFU,भरतपुर तथा क्यानसर अस्पताल CMC,CMS स्वास्थ्य संस्थालाई मेयर रेणु दाहालले हार्दिक धन्यवाद गरेकी छिन ।
तेस्तै गरि चितवनम कोरोना परिक्षन गर्नमिल्ने अस्पताल सुरु भएपछि बिरामीको स्वाब काठमान्डौ पठाईने झन्झट हटेको उनले बताईन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसँगै अब सात ठाउँबाट कोरोनाको परीक्षण भइरहेको जानकारी दिए ।
उनले अगाडी भने आज देखि चितवनमै कोरोनाको नमुना परिक्षन गर्ने गरि प्रयोगशाला मेशिन , स्वास्थ्य समाग्री ,चिकित्सक सबैको जोहो भईसकेको छ ।

