कांग्रेस पदाधिकारीको बैठक बस्दै ,कोरोना रोकथामबारे छलफल ,
चैत २५ ,काठमान्डौ – प्रमुख प्रतिपक्षिदल नेपालि कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
कांग्रेस सभापति देउवाले आफ्नो निवास बूढानीकण्ठमा मंगलबार विहान १० बजेका लागि बैठक बोलाएका हुन् ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारमा सरकारको तर्फबाट भएका काम र कांग्रेसले गर्नसक्ने योगदानलगायत समसामयिक विषयमा छलफल हुनेछ ।
कांग्रेसको पदाधिकारीमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादव छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल विशेष आमन्त्रितका रुपमा पदाधिकारी बैठकमा सहभागी हुन्छन् ।

