Gold
Bangad salyan

अर्थमन्त्री ज्वाला र शर्माद्वारा थप दुई गाँउपालिकालाई (कोभिड १९) रोकथाम PPE हस्तान्तरण ,

चैत २६ ,काठमान्डौ – कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वाला र प्रदेश सरकारका राजनीतिक सल्हाकार भिम प्रकाश शर्मा आज भोलि कोरोना संक्रमण तथा नियन्त्रण को लागि दैनिक रुपमा खटिएका छन् ।

उनीहरुले प्रदेश सरकारको पहलमा कर्णालीका विभिन्न जिल्लाका नगरपालिका ,गाँउपालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने गरेका छन् ।

तेस्तै अर्थ मन्त्रि ज्वाला र सल्हाकार शर्माले आफ्नो व्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री PPE खरिद गरि पालिकालाई वितरण तथा हस्तान्तरण गर्ने गरिरहेका छन् ।

जिल्लाका विभिनन गाँउपालिकालाई कोभिड १९ रोकथामको लागि अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने क्रममा थप दुई स्थानीयतह कपुरकोट गाउँपालिका र दार्मा गाउँपालिकालाई दश थान PPE उपलब्ध गराएका हुन् ।

तेस्तै प्रदेश सरकारको पहलबाट औषधि ,सर्जिकल मास्क र पन्जालगायत सामग्री पनि दुवैले पालिकालाई अह्स्तान्तरण गरेका हुन् ।

पछिल्लो समय यो दुई अनुहार कर्णाली प्रदेशका अर्थमन्त्री र प्रदेश सरकारका राजनीतिक सल्हाकार भिम प्रकाश शर्माले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा निकै सक्रिय देखिने गरेका छन् ।

अहिलेको संकट भनेको प्रदेशमा महामारी नहोस भन्ने हो ।,सरकार संग -संगै हामीले आफ्नो व्यक्तिगत खर्चमा PPE सल्यानका सबै पालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेका छौ मन्त्रि प्रकाश ज्वाला र राजनीति सल्हाकार भिम प्रकाश शर्माले रंग दर्पणलाई भने ।

हाम्रो जिल्ला, प्रदेश र सिंगो राष्ट्रलाई जोगाउनको लागि हातेमालो र सहकार्य गर्न पनि दुनैले सबैसंग हार्दिक अपिल गरेका हुन् ।

ज्वाला र शर्माले अगाडी भने सम्भावित संकटबाट जनताको जीवन सुरक्षाका लागि अहिले अत्याबश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराउनु हाम्रो पहिलो कर्तब्य हो ।

कतिपयले चर्चामा आउन प्रदेशले दिएको स्वास्थ्य सामग्रीलाई ज्वाला र शर्माले आफुले दिएको भनि प्रचार गरे भन्ने छ ।

यो गलत कुरा हो ,स्वास्थ्य सामग्री प्रदेश सरकारले दिएको हो PPE हामि दुवैको व्यक्तिगत लगानीमा स्वास्थ्य संस्थालाई सहयोग गरेका हौ ।

जन प्रतिनिधिको नाताले पबित्र भावनाका साथ यो कर्तब्य पुरा गर्ने प्रयास गरिएको मात्र ज्वाला र शर्मा बताउछन ।

स्वास्थ्य सामग्री लगेर स्वास्थ्य संस्थाले तत्कालै वितरण गर्न र जनतामा कोभिड १९ देखि मौसमी रुघा खोकी लगायतको मौसम आईरहेको हुनाले सबैलाई जनचेतनामा जाग्रूप गर्दै सहयोग कर्ता सबैमा शर्मा र ज्वालाले धन्यवाद दिएका हुन् ।