उपत्यकामा अलपत्र परेकाहरु भोलि र पर्सि सम्म जान पाउने ,
चैत २७ ,काठमान्डौ – उपत्यकामा अलपत्र परेका नागरिकलाई भोलि र पर्सि सम्म बाहिर जान मिल्ने सरकारले बताएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो ।
उपत्यका बाहिरबाट भने आउन नमिल्ने पोख्रेलले बताए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङका अनुसार काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पुर्याइदिने निर्णय भएको छ ।
छोटो दुरीका नागरिकलाई कसरि पठाउने भन्ने बारेमा गृह मन्त्रालयले गृह कार्य गरिरहेको विशेष श्रोतले जनाएको हो ।
लकडाउनले गर्दा अहिले पनि विभिनन जिल्लाका नागरिक उपत्यकामा अलपत्र छन् । काठमान्डौमा रहने विद्यार्थी देखि विभिनन संघ संस्थामा कम गर्नेहरु गाँउ जान चाहेका छन् ।
चैत ११ गते बाट गरेको लकडाउन वैशाख ३ गते सम्म लम्बियपछी उपत्यकामा रहेका नागरिकहरि पैदल हिड्न थालेका छन् ।

