तातो पानि नाका खुल्यो ,
चैत २७ ,काठमान्डौ – नेपालको चीनसंग प्रमुख सीमानाका तातोपानी संचालनमा आ एको छ ।
माघ १३ गतेबाट बन्द नाका करिब ३ महिना हिजो बुधबारबाट खुल्ला गरिएको हो । बुधबार १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको जनाइएको छ । अत्यावश्यक सामग्री आयात गर्न नाका खोलिएको सरकारले बताए को छ ।
कोरोना संक्रमणको जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरी बुधबारदेखि नाका खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

