Gold
Bangad salyan

दरौदीमा विस्फोटक पदार्थबाट माछा मार्नेको संख्या दैनिक बढ्यो ,सिडियो र एसपि मौन ,

प्रशासनलाई दैनिक तिन किलो माछा दिने सर्त,

चैत २७ ,काठमान्डौ – गोरखाको दरौदी नदीमा लकडाउनको बेलामा अवैध रुपमा माछा मार्नेको संख्या दिनहु बढेको पाईएको छ ।

गोरखा नगरपालिका १२ र १३ को सिमाक्षेत्रमा पर्ने दरौंदी नदिमा विभिन्न ठाँउबाट माछा मार्नेको संख्या दैनिक आवतजावत बढेको आँबुवाका स्थानिय बताउछन ।

दैनिक रुपमा ठुलो संख्यामा मानिस जम्मा हुने माछा मार्नेहरु आवतजावत गर्ने भिड बढेपछि आँबुवा कमर्सि टोलका स्थानिय ,बालबालिका त्रसित बनेका छन् ।

बाहिरबाट समेत आएर दरौंदीमा विस्फोटक पदार्थ पड्काउने ,विष हाल्ने ,करेन्ट लगाएर माछा मार्ने जस्ता कार्य गर्दा पनि गोरखा जिल्ला प्रहरी र सिडीयो मौन रहेको आँबुवा कमर्सि टोल विकास संस्थाक अध्यक्ष सुजन गड्तौलाले बताए ।

रातिमा समेत बम पडकाएर माछा मार्ने गरेको र बालबालिका त्रसित बन्दापनि गोरखा जिल्लाका सिडियो सुरेन्द्र पौडेल र एसपि ओमप्रकाश अधिकारी मौन बस्दै कुनै ध्यान नगएको कमर्सि महिला समुहले जनाएको छ ।

माछा मार्ने समुहले दैनिक सिडियो पौडेल र एसपि अधिकारिलाई तिन किलो माछा छुट्याउने गरेको पनि स्थानियले बताए ।

तेस्तै आँबुखैरेनीबाट माछा मर्नेको संख्या गाडी चढेर,मोटरसाईकलको हुल आउँदा मझुवा प्रहरी चौकीले चेक जाँच नगरी आउन जान दिँदा कतै प्रहरीकै मिलेमतोमा यस्तो कार्य भएको त हैन भन्ने स्थानीयको बुझाई छ ।

सरकारले गरेको लकडाउनका कारण घरबाट बाहिर निस्कन नमिल्ने ,र समुहमा जम्मा हुन नदिने अवस्थामा यसरि माछा मार्नेको संख्या आवात जावत गर्दा कतै कोभिड १९ को संक्रमण बढ्न सक्ने हो कि भनेर पनि स्थानीय डराइरहेका छन् ।

माछा मार्ने समुहका एक जनासंग स्थानियले सोधपुछ गर्दा भने प्रशाशनलाई दैनिक माछा दिने सर्तमा माछा मार्ने गरेको बताएको एक स्थानीय व्याक्तिले बताए ।

तेस्तै दरौंदी नदीबाट ढुङ्गा, गिटी, बालुवा,मनपरी झिक्दा समेत सिडियो सुरेन्द्र पौडेल र एसपि ओमप्रकाश अधिकारी मौन बसेको पाईएको छ ।

गोरखाम लकडाउनको बेला समस्या रहेका नगरपालिका ,गाँउपालिका प्रमुखलाई सहयोग नगरी सिडियो र एसपि गोरखा टावरमा गएर पार्टी गर्ने र मस्तीमा रमाउने गरेको समेत स्थानीयले बताए ।