भारतीय प्रधानमन्त्री मोदी संग ओलीको फोन संवाद ,
चैत २८ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् ।
कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा दुवैजना सहमत भएको प्रधानमन्त्री ओलीले ट्वीटमार्फत जानकारी दिएका छन् ।

दुई प्रधानमन्त्रीबीचको वार्तामा आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज तथा सुचारु राख्न छलफल भएको छ ।
त्यस्तै लकडाउनका कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिन पनि आफूहरुबीच सहमति भएको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।

