मस्जिदमा भिड भाड नगर्न आग्रह गर्दा प्रहरीमाथि हातपात तिन जना पक्राउ ,
चैत २८ ,काठमान्डौ – रौतहटस्थित एक मस्जिदमा लकडाउनको अवधिमा भीडभाड नगर्न अनुरोध गर्न गएका एकजना नेपाल प्रहरीका असईमाथि हातपात भएको छ ।
मस्दिजमा एकै ठाँउमा सयौँको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा गएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मुनमुन सिंहमाथि मुस्लिम युवाहरुले हातपात गरेका छन् ।
कोरोना संक्रमणको बेला संक्रमण बढ्नसक्ने भन्दै सम्झाउने गरेका सिंहलाई हातपात गरेको रौतहट प्रहरीले जनाएको छ ।
लकडाउन उल्लङ्घन गरि हातपात गरेको अभियोगमा मस्जिद बाट प्रहरीले ३ जना युवालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा परोहा नपा–३ २६ वर्षीय कलाम अन्सारी, सोही ठाँउका १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालुु अन्सारी रहेको रौतहट प्रहरी प्रमुख एसपी रबीराज खडकाले बताएका छन् ।
पक्राउ परेका तिनैजना जिल्ला प्रहरी कार्यालय गौरको नियन्त्रणमा रहेको र घटनाको प्रकृयाअनुसार मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

