नारायणी नदीमा डुङ्गाबाट मदिरा तस्करी ,कोरोना लकडाउन :
वैशाख ५ ,नवलपरासी पश्चिम – जिल्लाको सुस्ता गाँउपालिका रामनगर क्षेत्रबाट रातारात भारतमा मदिरा तस्करी भईरहेको पाईएको छ ।
लकडाउनको मौका छोपी सुस्ता ५ रामनगर प्रहरी चौकीको अगाडी बाध ठोकर न ४ बाट ट्रयाक्टर बाट मदिरा ओसारपसार भएको देखिन्छ ।
मदिरा ट्रयाक्टरमा लगेर डुङ्गाको प्रयोग नदीको बाटो हुँदै भारत लैजादे गरेको अवस्थामा प्रहरीले ठुलो मात्रामा मदिरा नियन्त्रणमा लिएको छ ।
मदिराको तस्करी गर्दागर्दै युथ अफ सुस्ताको सक्रियता र सशस्त्र प्रहरीको वरिष्ठ हवल्दार महेश नाऊ सहितको टोलि ५५ पेटी मदिरा नारायणी नदीमा डुङ्गामा लोड गरेर लैजादै गर्दा पौडी खेलेर डुङ्गा समातेर बरामत गरेको युथ अफ सुस्ताको संयोजक सन्तोष पाठकले जानकारी दिनु भएको छ ।
मदिराको तस्करी गर्नेहरु भने समान र डुङ्गा नै छाडेर भागेको बताइएको छ । मदिरा तस्कर गर्ने कार्यमा प्रहरीको समेत सहभागीता रहेको स्थानीयको गुनासो रहेको छ ।
मदिरा तस्कर गर्ने सहभागीको खोजी खोजी गरि कारवाही गर्ने र यश कार्यमा प्रहरी चौकी रामनगर इन्चार्जको संग्लनता रहेको पाएमा तत्काल कार्वाही गर्ने ईलाका प्रहरी कार्यालय बेलाटारीले इन्चार्ज बताउनु भएको छ ।
नदी वारी रामनगर र पारी सुस्ता सम्म करिब २ किलोमिटरको दुरी रहेको छ । नदी लामो भएकाले नदीवारी र पारी शसस्त्र प्रहरीका जवान खटाइएका छन् भने नदीमा पनि प्रहरीले गस्ती गरिरहेको छ ।
नदीमा पानी रहेकाले उक्त बाटो तस्करी गर्न सजिलो हुने आशामा तस्करहरुले रक्सीको तस्करी गर्न खोज्दा शसस्त्र प्रहरीले तस्करहरुलाई लखेटदा उनीहरु भागेपछि माल र डुङ्गा मात्र बरामद भएको शसस्त्र प्रहरी बल बिओपी सुस्ताले जनाएको छ ।
उक्तबाटोबाट मदिरा भारतको विहार भित्र्याउदै गरेको स्थानिय बताउछन् । यो भन्दा पहिले पनि पटक पटक सजिलै तस्करले मदिरा भित्राय्ने गरेको एक स्थानिले बताए ।
अंगद यादव/ नवलपरासी पश्चिम,

