Gold
Bangad salyan

चीनबाट स्वास्थ्य सामग्री लिएर आए वाइडबडी,

वैशाख ५ ,काठमान्डौ – कोरोना भाईरस र संक्रमित बिरामीहरुको लागि स्वाथ्य सामग्री लिन गएका दुई वटा (वाइडबडी ) ए ३३० जहाज चीनको ग्वाङ्झाओबाट काठमाडौं आइपुगेका छन् ।

नेपाल एयरलाइन्सका दुवै चीनबाट स्वास्थ्य सामग्री ल्याउन व्यवसायीले निगमका जहाज चार्टर्ड गरेका थिए।

स्वास्थ्य समाग्री बोकेको एउटा जहाज सजिलै अवतरण गरेको थियो भने अर्को एउटा जहाजले भने धावनमार्गमा टेक्नै लाग्दा ओभरसुट गरेको थियो ।

दुईवटा वाइडबडी जहाजमध्ये एउटा शुक्रबार बिहान ७ बजेतिर र अर्को सवा ७ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

विमानस्थलका एक अधिकारिका अनुसार उडान नम्बर ४१७२ जहाजले ओभरसुट गरेको थियो । सायद ‘पाइलट कन्फ्युज भएर होला ।

हवाई सेवामा ओभरसुट भनेको सामान्य मानिन्छ ।सामान्यतया कम भिजिबिलिटी वा अन्य द्विविधाका कारण पाइलटले विमान ओभरसुट गराउने गर्दछन ।