उदयपुरमा देखिएका १२ जना संक्रमितलाई कोशी अस्पतालमा भर्ना ,
वैशाख ६ ,विराटनगर – हिजो मात्र उदयपुरको एक मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमितलाई विराटनगरको कोरोना विषेश अस्पतालमा राखेर उपचार सुरु गरिएको छ ।
दयपुर त्रियुगा नगरपालिका ३ को भुल्केस्थित मस्जिदमा १६ जना रहेका थिए ति मध्ये १२ जनालाई कोभिड १९ पुस्टि भएको थियो ।
अन्य चार जनालाई मोरङको टाँडीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । संक्रमण देखिएका ११ जना भारतीय नागरिक र एक नेपाली मोरङका हुन् ।
कोशी अस्पताललमा पोजेटिभ‘ देखीएपछि थप परिक्षनको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको थियो ।
कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डा. संगीता मिश्राका अनुसार अन्य चार जनालाई भने अस्पतालमा राख्ने उपयुक्त नदेखेर अन्त पठाईएको छ ।
बिरामी नभएकालाई यँहा राखेर झनै संक्रमण बढे गारो हुन्छ उनले भनिन । तेस्तै संक्रमित १२ जनालाई लक्षन अनुसार जनरल वार्ड, आईसीयू, भेन्टिलेटर कुन आवश्यक पर्ने हो त्यहीअनुसार उपचार हुने संगीता मिश्राले बताईन ।
संक्रमितहरु सबै पुरुष हुन् यो संगै नेपालमा संक्रमितको संख्या ३० पुगेको छ ।जसमध्य एक जना सुरुमानै ठिक भएर फर्किसकेका छन् ।

