गरिबको पिडा पकलिहवामा आगलागीबाट घर, बाख्रा जलेर नस्ट,
वैशाख ६ नवलपरासी पश्चिम- ,पश्चिम नवलपरासी सुस्ता गाउँपालिका पकलिहवाको रामनगरमा एक घरमा आगो लाएर घर पुर्ण रूपमा नस्ट भएको छ ।
गएराती करिब १२ बजे तिर एक्कासि स्लाम मियाको खरले छाएको फुसको घरमा आगो लाएर घर पुर्ण रूपमा नस्ट भएको रामनगर प्रहरी चौकी पकलिहवाले जनाएको छ ।
मियाको घरमा आगो लाएर खाद्यान्न,लत्ताकपडा,एक मोटरसाइकल,४ वटा बाख्रा,बिधुतिय सामग्री,आवश्यक कागजात र नगद रकम ५ हजार जलेर नस्ट भएको छ भने करिब ३ लाख ५० हजार बराबरको क्षति भएको रामनगर प्रहरी चौकी पक्लिहवाले जानकारी दिएको छ ।
मियाको घरमा लाएको आगोलाई स्थानीय र प्रहरी चौकी रामनगरको प्रयासमा नियन्त्रणमा लिन सफल भएको हो ।
घरमा आगो लागेर खाने कुराहरु जलेर नस्ट भएपछि घटना स्थलमा पुगेका सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले गाउँ पालिकाबाट एक बोरा चामल सहित खाद्यान्न सामग्री र घर निर्माणका लागि २० थान जस्तापाता पीडित मियालाई सहयोग गरेका छ्न ।
अंगद यादव/नवलपरासी पश्चिम,

