Gold
Bangad salyan

राहतका लागि कुहिएको दाल बेच्ने मेयर पक्राउ,

वैशाख ९ ,काठमान्डौ – राहतका लागि कुहिएको दाल बिक्रि गरेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ ।

रायले राहतमा बाँड्नका लागि नजिकका वडाध्यक्षहरुलाई चार वर्ष पुरानो दाल बेचेको बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिए।

कुहिएको दाल यादवले कलैया नगरपालिका वडा नम्बर ७ मा रहेको ‘यादव कोल्ड स्टोर’मा भण्डारण गरेको पाइएपछि चैत २९ गते प्रशासनबाट शिलबन्दी गरिएको थियो ।

सो कोल्डस्टोर कलैया उपमहानगरपालिकाका मेयर यादवकै हो । कुहिएको दाल बेचेको घटनामा संलग्न ८ जना यसअघि नै पक्राउ परिसकेका छन्।

लकडाउनकामा गरिब, असहाय, बिपन्न वर्गका मानिसलाई संकटको घडीमा सहयोग गर्नुको साटो नगरप्रमुख जस्ता व्यक्तिले नागरिकको जीवधनसँग खेलवाड गरेको देखिएको भन्दै स्थानीयले आक्रोश पोख्दै आएका थिए ।

यसअघि कलैया–१ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई नियन्त्रणमा लिइएको थियो।

त्‍यस्तै यसै प्रकरणमा वडा नम्बर ११ का अध्‍यक्ष सर्वनारायण चौधरी, वडा नम्बर १३ का अध्‍यक्ष राजनप्रसाद कुर्मी र वडा नम्बर २६ का अध्‍यक्ष महेश साहलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेका सबैलाई खाद ऐन अन्तर्गत मुद्धा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरीले तयारी गरेको छ ।