Gold
Bangad salyan

पार्टी फुटाएर देशलाई दुर्घटना पार्न सरकारले अध्यादेश ल्यायो उपेन्द्र यादव ,

वैशाख ९ ,काठमान्डौ – समाजवादी पार्टी नेपालका केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवले सत्ता ,शक्ति,पद र आर्थिक चलखेल गरि पार्टी फुटाउने षड्यन्त्र गर्न सरकारले अध्यादेश ल्याएको बताएका छन् ।

मंगलबार विज्ञप्ति जारि गर्दै यादवले यसले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र लोकतन्त्रलाई समाप्त पारी देशलाई नै ठूलो दुर्घटनामा पार्ने उल्लेख गरेका छन् ।

सोमबार सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो। उक्त अध्यादेशले पार्टी फुटाउन ४० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भए मिल्ने खुकुलो प्रावधान छ। उक्त अध्यादेश राजपत्रमा प्रकाशित भइसकेको छ।

सरकारले सोमबार नै संवैधानिक परिषद सम्बन्धी अध्यादेश पनि ल्याएको छ। दुवै अध्यादेशको प्रतिपक्षि देखि विभिन्न दलले विरोध गरेका छन् ।

यो अध्यादेशले ठुलो त्याग र संघर्ष र बलिदान प्राप्तबाट संघियता ,गणतन्त्र ,लोकतन्त्रलाई समाप्त पारि देशलाई द्वन्द तिर लैजाने भन्दै फिर्ता लिन माह सहित यादवले विज्ञप्ति जारि गरेका छन् ।