लकडाउनमा परेका सबै मजदुरको नगरपालिकाले उद्दार गरेको छ छिट फुट छन् ल्याउँछौ ,
मेयर गोबिन्द पुन ,
वैशाख ९ ,काठमान्डौ – सल्यान बनगाड कुपिण्डे नगरपालिकाले आफ्ना क्षेत्रका सबै नागरिकको उद्दार गरेको बताएको छ ।
छिट फुट कतै छुटेको भएपनि उनीहरुलाई ल्याईने र ठुलो संख्यामा रहेका नागरिकको नगरपालिकाले उद्दार गरेको मेयर गोबिन्द पुनले रंग दर्पणलाई जानकारी गरे ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रण लकडाउनमा परेका सम्पर्कमा आएका प्राय सबै नागरिकको उद्दार भएको छ पुनले भने ।
हाल सम्म वडा कार्यालयले नगरपालिकामा दिएको नागरिकको संकलन हेर्दा माननीय टेक बहादुर बस्नेत ,प्रदेश ,नगरपालिका ,वडा कार्यालय सबैको सयुक्त पहलमा उद्दार गरिएको मेयर गोबिन्द पुनले बताए ।
उनका अनुसार आज पनि करिब ३०० सयको हाराहारीमा विभिनन जिल्लाबाट आएका मजदुर सल्यानको तुलसीपुर हुँदै काल्चेमा आइपुगेका छन् ।
तेस्तै भक्तपुरको ईट्टा भट्टा मोरंग ,गोरखा नुवाकोट,विराटनगरबाट आजै ठुलो संख्यामा रहेका बनगाड कुपिण्डे नगरपालिका विभिन्न वडाका मजदुरलाई ल्याउने काम भईरहेको पुनले बताए ।
तेस्तै नेपाल भित्रबाट भित्रिएका सबै नागरिकलाई घर पठाउने र संक्रमण मुलुकबाट आएकाहरुलाई क्वारेईनटाईनमा राखिने गरेको उनले जानकारी गरे ।
नगरपालिका स्थानीय तहमा निर्माण गरिएका क्वारेईनटाईनमा ठुलो संख्यामा विभिनन जिल्लाबाट भित्रिएको नागरिकलाई राख्न पनि नसकिने पुनले बताए ।
यो विषयमा मैले जिल्लाका विभिन्न निकायमा ,स्वास्थ्य प्रमुख ,प्रसासन प्रमुख ,संग सल्हा लिएको छु ।
हाल सम्म नेपालमा बसोबास गर्ने नागरिकमा संक्रमण फेला नपरेको हुँदा स्थानीय नागरिकलाई क्वारेईनटाईनमा राख्ने आवश्यक नरहेको उनले बताए ।
यदि कुनै पनि नागरिकमाथि मिल्दा जुल्दा लक्षन देखापर्न थालेमा तत्काल स्थानियलाई सम्पर्क गर्नपनि जानकारी गरिएको पुनले बताएका हुन् ।
नेपाल भित्रैबाट उद्दार गरिएका नागरिकको र्यापिड टेस्ट गर्ने भनेपनि पर्याप्त मात्रामा सबैलाई आरटिडिको मात्र नपुग्ने पुनले बताए ।
तेस्तै नगरपालिकाले हाल सम्म ११५ जनाको आरटिडि गरेकोमा कसैमाथि तेस्तो लक्षन फेला नपरेको बताईएको छ ।
आज पनि बाहिरबाट आएका हरुको बनगाड कुपिण्डे नगरपालिका प्रभावकर माविमा र्यापिड टेस्ट गभईरहेको र सरकार संग आफुले थप आरटीडिको माग गरेको पनि पुनले बताए ।

