उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोना पुस्टि ,
वैशाख ७ ,काठमान्डौ – उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमणपुस्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
यो संगै नेपालमा कोरना संक्रमण भाईरसको पुस्टि हुनेको संख्या ३२ पुगेको छ ।जस मध्ये ४ जना ठिक भएर फर्किसकेका छन् ।
तेस्तै नेपालमा सबैभन्दा बढी कोरोना संक्रमण उदयपुरमा देखिएका छन् अहिले सम्म १४ जनामा संक्रमण फेला परेको छ ।
तेस्तै उदयपुरमा १०० जनाको स्वव संकलन गरिएको छ केहिको रिपोर्ट आउँन बाँकी छ ।

