काठमाडौंमा २ जना नर्समा कोरोना संक्रमण पोजेटिभ देखियो ,
वैशाख ९ ,काठमान्डौ – काठमान्डौमा दुई जना नर्समा आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको छ ।
त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक गरिएको र्यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो ।
कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरुलाई टेकु अस्पतालमा पिसिआर विधिबाट परीक्षण गरिने भएको छ ।
उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले बताएका छन् ।

