Gold
Bangad salyan

बनगाड कुपिण्डे नगरपालिकामा उद्धार गरिएका नागरिक सिधै घरमा गाँउ त्रसित ,

देवस्थलको क्वारेईनटाईनमा एक जना पनि छैन ,

वैशाख ९ ,काठमान्डौ – कर्णाली प्रदेशमा उद्धार गरिएका नागरिक सिधै घरमा गएपछि नगरपालिकामा बनेका क्वारेईनटाईन रित्ता देखिन्छन ।

सल्यान ,कालिकोट ,जाजरकोट ,दैलेख ,सुर्खेत मजदुर गर्न विभिन्न जिल्लामा गएका कर्णालीबासिलाई उद्धार गरिएपनि स्थानीय तहले सिधै घर पठाउने काम गरेको छ ।

सल्यानको बनगाडकुपिण्डे नगरपालिकाका ६१ जनालाई आइतबार बबईबाट उद्धार गरी घर पठाइएको छ।

उद्धारको बेला पनि कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्ने गरिएको छैन। बस, ट्रक, टिपरमा खचाखच गरेर ओसारपोसार गर्ने गरिएको छ।

बाहिरबाट आएकाहरु सिधै घर पुग्दा गाउँमा त्रास सिर्जना हुने गरेको छ। सोमबार साँझ सल्यान वनगाडकुपिण्डेका ६१ जनालाई स्वास्थ्य परीक्षणबिनै क्वारेन्टाइनमा नराखेर घरमा पठाएपछि आफूहरु त्रसित भएको स्थानीय बताउछन ।

वनगाडकुपिण्डे नगरपालिका,११ को माझकाँडा र वडा,१२ को थापाचौर,वालुवासंग्राही ,आँपचौर ,लछुहाले ,पाँचरे लगायतका स्थानीय मजदुर विभिन्न जिल्लाबाट खचाखच गाडीमा भरिएर गाँउ पस्ने गरेका छन् ।

प्रदेश नगरपालिका ,गाँउपालिकामा भित्रिने नागरिकलाई कम्तीमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्न सरकारले आग्रह गरेको भएपनि तेसो भने हुन सकेन ।

वनगाडकुपिण्डेका ६१ जनालाई स्वास्थ्य परीक्षणबिनै पठाईएको विषयलाई ११ न वडा कार्यालयसंग सम्पर्क गर्दा भने नगरप्रमुखले नेपालबाट आएकालाई नराख्ने भनेपछि पठाईएको जानकारी दिएको छ ।

कर्णाली प्रदेश प्रवेश हुने भनेको अधिकांस जिल्लाका नागरिक पास हुने ठाँउ सुर्खेतको भेरिगंगा हो ।

भेरीगंगा नगरपालिकाकि उपप्रमुख रेणु आचार्य संग बुझ्दा हामीले कर्णालीका अधिकांस उद्धार गरिएका आ आफ्नो घर तिर लाग्ने गरेका छन् ।

तेस्तै बनगाडकुपिण्डे नगरपालिकाले देवस्थलमा निर्माण गरेको क्वारेईनटाईनमा हाल सम्म एक जनापनि नरहेको नगरप्रमुख गोबिन्द पुनले बताईए ।

देवस्थलको क्वारेईनटाईनमा भारत विदेशबाट आएका कुनैपनि नागरिकलाई पनि राखीएको छैन । आज मात्र सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका ११,१२ ,१० ,८ ,का मजदुरलाई  विभिन्न जिल्लाबाट उद्दार गरि नगरपालिकातर्फ पठाईएको छ।उनीहरु बीच बाटोमा हिडीरहेका छन् ।

अहिले सम्म विदेश र भारतबाट नेपाल प्रवेश गरेका नागरिकमाथि कोरोना संक्रमण फेलापरेको भएपनि आज भर्खर मात्र काठमान्डौको त्रिपुरेसवर स्थित कारागारमा कार्यरथ दुई जना नर्समा कोरोना संक्रमणको पुस्टि भएको छ ।

कर्णाली प्रदेशका अधिकांस जिल्लाका उद्दार गरिएका नागरिकलाई नगरपालिका प्रदेश ,प्रशाशन ,कार्यालयले चासो नगरेपछि घर घरमा पुगेका छन् जसले संक्रमणको ठुलो डर देखिन्छ ।