कैलालीमा आरडीटी गर्दा एक जनाको रिपोर्ट पोजेटिभ ,
वैशाख १० ,कैलाली – कैलालीमा आरडीटी गर्दा एक जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।
बर्दगोरीया गाउँपालिका,३ का १९ वर्षीय एक युवामा मंगलबार कोरोनाको आशंकामा आरडीटी जाँच गर्दा रिपोर्ट पोजिटिभ देखिएको हो ।
आरडीटी दुई पटक गर्दा पनि उनको रिपोर्ट दुई पटकनै पोजेटिभ देखिएको बर्दगोरिया गाउँपालिकाका स्वास्थ्य सेवा संयोजक कृष्णदेव जोशीले बताए ।
उनको स्वाव संकलन गरी पीसीआर जाँचका लागि मंगलबार बेलुका नै धनगढी पठाइएको उनले बताए ।गत चैत १० ति युवा भारत बाट फर्केका थिए ।

