बर्दघाटका ७८ वर्षीय पुरुषमा पिसीआर रिपोर्ट नेगेटिभ ,
वैशाख १० ,वुटवल – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका ७८ वर्षीय पुरुषमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ४ निवासी ७८ वर्षीय पुरुषमा बर्दघाटको चिसापानी अस्पतालमा दुईपटकसम्म र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा पोजेटिभ देखिएको थियो ।
प्रदेश ५ मा पहिलोपटक आरडीटी उनको पोजेटिभ देखिएपछि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्न पठाईएको थियो ।
परिक्षन्मा नेगेटिभ रिपोर्ट आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजेन्द्र गिरीले बताए । ७८ वर्षीय पुरुष एक वर्ष पहिले अमेरिकाबाट आएका थिए।
,घरमै बसिरहेका उनीमाथि केहि दिन यता छातीमा समस्या देखिएपछि अस्पतालमा चेक जांचको लागि पुगेका थिए । उनका घरको सबै परिवारको र्यापिड डाइग्नोस्टिक टेस्टमा नेगेटिभ देखिएको छ ।

