Gold
Bangad salyan

केन्द्रिय कारागारमा दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ,

वैशाख १० ,काठमान्डौ – मंगलबार र्‍यापिड टेस्टको क्रममा एन्टिबडी पोजेटिभ देखिएका केन्द्रिय कारागारमा दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना भाइरसको आशंकामा दुवैलाई टेकु अस्पतालको आइसोलेसन वार्डमा राखेर पीसीआर परीक्षणको गरिएको थियो ।

दुवै नर्सको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पतालले जानकारी गरेको छ ।