प्रधानमन्त्री ओली र साइप्रसका राष्ट्रपतिबीच टेलिफोन संवाद ,
वैशाख १० ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले साइप्रसका राष्ट्रपतिसँग टेलिफोन वार्ता गरेको जानकारी दिएका छन्र ।
साइप्रसमा रहेका नेपाली विद्यार्थी र अन्य पेशामा रहेका नागरिकको सुरक्षाका बारेमा चासो राख्दै प्रधानमन्त्री ओलीले साइप्रसका राष्ट्रपति निकोस अनानस्टासियादेससँग टेलिफोन संवाद गरेका छन् ।
नेपालिहरुको उपयुक्त हेरविचार भइरहकेो र कुनै अप्ठेरो पर्न नदिने भनी राष्ट्रपति निकोसले आफूलाई बताएको ओलीले ट्वीट गर्दै जनाएका छन् ।

