Gold
Bangad salyan

धादिङका कोरोना संक्रमित युवक निको भएर घर फर्कीए

वैशाख १० ,काठमान्डौ – युएईबाट आएका धादिङका कोरोना संक्रमित युवक निको भएका आज घर फर्केका छन् ।

२८ दिनको उपचार पछि टेकु अस्तपालबाट उनलाई आज डिस्चार्ज गरिएको हो । युएईबाट आएका उनलाई गत चैत १२ गते संक्रमण पुष्टि भएपछि टेकु अस्पताल भर्ना गरिएको थियो।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका नुसार पछिल्लो चरणमा गरिएको नमुना परिक्षनमा औंको रिपोर्ट नेगेटिभ आएपछि ति युवकलाई डिस्चार्ज गरिएको हो।

हाल सम्म नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या ७ पुगेको छ भने संक्रमितको संख्या ४५ पुगेको छ।