विप्लव समूहद्वारा राज्यबन्दि र सहिद परिवारलाई राहत वितरण ,
वैशाख १२ ,काठमान्डौ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राहत वितरण सुरु गरेको छ ।
कोरोना संक्रमणको महामारी सरकारको लकडाउन जारिमा विप्लव नेतृत्वको अछाम जिल्ला समुहले राहत वितरण सुरु गरेको हो ।
सरकारद्वारा विनाकारण गिरफ्तार गरिएका आफ्ना कार्यकर्ता १० जना र अछाम जिल्ला भरका १२६ जना सहिद वेपत्ता परिवारलाई विप्लव समूह अछामले राहत वितरण गर्ने बताएको छ ।
समुहले आज पहिलो दिन १३ जनालाई राहत वितरण गरेको अछाम जिल्ला जनसरकार प्रमुख साैगातले जानकारी दिए ।
राहत वितरण कार्य आजबाट सुरु गरिएको र केहि दिन जारि रहने बताईएको छ । विश्वमहामारीमा सरकारले गरेको राहत वितरण कार्य प्रचारमुखी र कार्यकर्ता पोस्ने मात्र भएको सौगातले आरोप लगाए ।
लकडाउनको बेला गुणस्तरहीन खाद्यान्न वितरण गरि नागरिकको जिबनमा खेल्बाड गर्ने र मूल्य वृद्धि गर्ने जाेकाेहिलाई कडा कार्वाहिकाे माग समुहले गरेको छ ।
।

