Gold
Bangad salyan

प्रहरीले सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध अपहरणको जाहेरी लिन मानेन ,

बैशाख १४ काठमान्डौ – नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी महानगरीय प्रहरी परिसर,काठमाडौंले दर्ता गर्न अस्वीस्कार गरेको छ ।

आफ्ना सांसद सुरेन्द्र यादव गरेको भन्दै जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर टेकु पुगेको समाजवादी पार्टीका नेताहरु पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोसहितको टोली दर्ता नभएपछि फर्किएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी प्रमुख श्यामलाल ज्ञवालीले जाहेरी दर्ता गर्न अस्वीकार गरेका छन् ।

उनले दर्ता गर्ने नै भए घटना भएको भनिएको जिल्ला महोत्तरी जान सुझाएका थिए । यसैबीच जाहेरी दर्ता नभएपछि नेताहरु टेकुबाट बाहिरिएका छन्।

जनता समाजवादी पार्टीका ने राजेन्द्र महतोले सत्ता र शक्तिको आडमा प्रहरीले जाहेरी लिन नमानेको प्रतिक्रिया दिए।

तेस्तै जोहरी दर्ता नभएपछि प्रहरी परिसरबाट बाहिरिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो मुद्दामा जाहेरी नदिँदा पनि राज्य आफैँले अनुसन्धान गर्नुपर्ने बताए ।

उनले भने, ‘प्रहरीलाई केही दोषारोपण गर्न चाहँदैनौँ, उहाँहरूको केही बाध्यता होला । तर, ओलीतन्त्रले राज्यको कानुन विधान सबै लत्याएको छ र राज्यको अपराधीकरण गरेको छ । साथै, आफैँ अपहरणमा समेत मुछिएको छ ।