तिन दिन पछि असईको शव भेरि नदि किनारामा फेला ,
बैशाख १४ सुर्खेत – सुर्खेत गुर्भाकोट नगरपालिका मेहेलकुनाको सिटिहल कोरोना रोकथाम तथा नियन्त्रण क्वारेइनटाईन ब्यबस्थापन ईन्चार्जको रुपमा खटिएका सशस्त्र असई भुपाल कार्कीको तिन दिन पछि शव फेला परेको छ ।
१२ गते ४ बजे भेरी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका कार्कीको शव आज ४ :५५ जहरे नजिक भेरी नदिमा बहदै गरेको अवस्थामा पाईएको हो ।
सुर्खेत मेहेलकुना निमारे निवासी भुपाल कार्की केहि दिनबाट मेहेलकुनाको क्वारेइनटाईनमा ड्युटीरत थिए ।
बेपत्ता भएको जानकारी पछि सशस्त्र प्रहरी एपीएफ स्थानिय मिलेर तिब्र खोजतलासपछि कार्कीको शव फेला परेको छ ।
उनको शवलाई सुर्खेत क्षेत्रिय अस्पतालमा पोस्ट्मार्पन गरि परिवारलाई बुझाईने मेहेलकुना प्रहरी कार्यालयले जानकारी गरेको छ ।कार्की सेवाबाट रिटायर्ड हुने अवस्थामा रहेका थिए ।
सुर्खेत लेकबेसी नगरपालिका लेखफर्सामा कार्यरत कार्की कोरोना रोकथाम तथा नियन्त्रणको महमारिको रोक्न निर्माणाधीन गुर्भाकोट नगरपालिकाको सिटिहलमा क्वारेईनटाईन व्यवस्थापन ईन्चार्जको रुपमा खटिएका थिए ।
कार्कीको श्रीमती कौशिला स्थानिय विद्यालयमा पढाउने गर्छिन । भुपालका एक छोरा रोशन र एक छोरी नितु रहेका छन् ।

