भारतीय ट्रकबाट आएको १ करोड ९ लाख भारतीय रुपैयाँ बरामद,
वैशाख २३ ,काठमान्डौ – विराटनगरमा १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँ ट्रकसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
भारतको सुपौलबाट आएको खाली ट्रकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकजाँच टोलीले एक करोड ९ लाख ७९ हजार ५ सय ३० हजार भारतीय रुपैयाँ बरामद गरेको छ।
विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय रकमसँगै ट्रकका चालक र सहचालक पक्राउ परेका सशस्त्र प्रहरी बलका एसपी नेत्रबहादुर कार्कीले जानकारी दिए ।
डब्लूबी ७३ ई ७६७५ नम्बरको खाली ट्रक खानतलासी गर्दा प्रहरी र सश्त्रको संयुक्त टोलीले केहीबेर अघि कार्टुनमा राखिएको अवस्थामा उक्त रकम बरामद गरेको हो।
रकम कसले किन पठायो भन्ने अनुसन्धान भईरहेको कार्कीले बताए ।

