जंगली च्याउ खाँदा अर्घाखाँचीमा दुईजनाको मृतु ,
वैशाख २३ ,काठमान्डौ – जंगली च्याउ खाँदा अर्घाखाँचीमा एकै परिवारका दुईजनाको मृतु भएको छ भने परिवारका अन्य दुईजना बिरामी परि उपचारमा छन् ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ६ खिल्जीका ३२ वर्षिया रामकला महतरा र उनकी छोरी ७ वर्षीया वीपासा महतराको मृत्यु भएको हो ।
बिषालु च्याउ खाएर बिरामी परेपछि उनीहरुलाई बुटवलको लुम्बिनी सिटी अस्पतालमा ल्याईएको थियो उपचारको उनीहरुको मृतु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
रामकलाकी सासु ५९ वर्षीया लालसरी महतरा र देउरानी २१ वर्षीया लक्ष्मी महतराको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
च्याउ खाएपछि उनीहरुलाई बान्ता हुने पखाला लाग्ने टाउको दुख्ने गरेको थियो बिरामी चारै जनाले सन्धिखर्कको एक मेडिकलबाट औषधि किनेर खाएपनि नरोकीएपछि सन्धिखर्क अस्पतालमा पुगेका उनीहरुलाई वुटवल रिफर गरिएको थियो।
भर्ना भएका रामकलाको शनिबार राति र विपासाको सोमबार बिहान मृत्यु भएको लुम्बिनी सिटी अस्पतालका सहायक प्रशासन प्रमुख सुन्दर पोखरेलले बताए ।
बिरामी भएका थप दुई जनाको स्वास्थ्यमा सुधार आएपछि आईसीयू कक्षबाट मंगलबार जनरल वार्डमा सारिएको र भोलि डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

