Gold
Bangad salyan

भारतले नेपालि भुमि अतिक्रमण सरकार मुख्य कारक साझा पार्टी ,

वैशाख २७ ,काठमान्डौ – नेपाली भूमि लिपुलेक हुँदै तिब्बतस्थित मानसरोवर जाने सडक मार्ग बनाएको भारतले माफी माग्नुपर्ने साझा पार्टीले ठहर गरेको छ ।

साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकद्वारा शनिबार विज्ञप्ति जारि गर्दै भारतले सबै अतिक्रिमति भूमि छोडेर जानुपर्छ बताएको छ ।

कालापानी, लिपुलके र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्नुपर्छ पछिल्लो समय भारतले जारी गरेको नयाँ नक्सा सच्याउनु पर्छ र नेपाली भूमिमा सडक निर्माण गरेकोमा क्षमायाचना गर्नुपर्छ ।

दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेर भारतले हेपाहा प्रवृत्ति देखाएको साझा पार्टीले आरोप लगाएको छ ।

भारतले नेपालि भुमिमा बारम्बार अतिक्रमण गर्नुमा सरकार मुख्य कारक रहेको समेत साझा पार्टीले बताएको छ ।

नेपालका तर्फबाट भारत सरकारसँग परिणाममुखी कुटनीतिक संवाद गरेर भारतले गरेको सीमा अतिक्रमण र नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषय सुल्झाउन पनि साझा पार्टीले आग्रह गरेको छ ।