भोलि संघीय संसद्मा राष्ट्रपतिको सम्बोधन,
जेठ १ ,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनमा शुक्रबार २ गते सम्बोधन गर्दैछिन ।
संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार राष्ट्रपति भण्डारीले शुक्रबार दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सम्बोधनमार्फत् राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । संसद्मा प्रि-बजेट छलफल वैशाख २८ गतेदेखि भएको थियो ।
प्रि बजेट छलफल प्रतिनिधिसभामा तीन र राष्ट्रियसभामा दुई दिन भएको हो । वैशाख २८, २९ र ३० गते प्रतिनिधिसभा र २८ र २९ गते राष्ट्रियसभामा प्रि बजेट छलफल भएको हो ।
जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान भएकाले त्यस अघि नै प्रि-बजेट छलफल गर्नुपर्ने कानुनी व्यवस्था छ। संसदको बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको हो।

