पुर्वराजाको पास गृहको निर्देशनमा रद्द ,
जेठ १ ,काठमान्डौ – पुर्वराजा ज्ञानेन्द्र शाहको पास गृहले रद्द गरेको छ ।
लकडाउनका कारण झापामा अड्किएका पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानीलाई जिल्ला प्रशासन कार्यालयले आज पास दिएपनि गृह मन्त्रालयको निर्देशनमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द गरेका हुन् ।
उनीहरु निजि भ्रमणमा झापा पुगेका थिए । काठमान्डौ आउन चाहेपनि लकडाउन लम्बिदै गएपछि उनीहरु तेही बस्दै आएका छन् ।
काठमान्डौ आउनको लागि पूर्वराजाका सहयोगीले इमेलमार्फत अनुमतिपत्रका लागि निवेदन दिएपछि जिप्रकाले तत्काल उपलब्ध गराएको थियो ।
तर, फेरि गृहमन्त्रालले प्रक्रिया नपुगेको भनेपछि त्यसलाई रद्द गरिएको प्रजिअ रानामगरले बताए ।
सहमति लिएर मात्रै पास दिनुपर्ने थियो, हामीले सुरुमा नलिई दियौं,’ उनले भने, ‘अहिले फेरि सहमतिका लागि प्रक्रिया अगाडि बढाएका छौं ।
झापामा पूर्वराजपरिवारको चियावगान छ उनीहरु त्यहीँ रहेको घरभित्र बसिरहेका छन् ।

