Gold
Bangad salyan

नेकपा सचिवालय बैठक सुरु,

जेठ २ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको छ ।

बैठकमा सरकारले शुक्रबार संसदमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल हुने वालुवाटार श्रोतले जनाएको छ ।

बैठकमा गत ३१ गते स्थगित गरिएको स्थायी कमिटि बैठकको विषयमा पनि छलफल हुने बताईएको छ ।

भिआईपिको सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि कोभिड १९ फेलापरेपछि ३१ गतेको बैठक स्थगित गरिएको थियो ।