Gold
Bangad salyan

उधोग वाणिज्य संघ भेरिद्वारा अर्थमन्त्रालयलाई ज्ञापन पत्र ,

जेठ २ ,सुर्खेत -उधोग वाणिज्य संघ भेरिले जिल्ला प्रसाशन कार्यालय सुर्खेत मार्फत अर्थमन्त्रलयलाई ज्ञापन पत्र बुझाएको छ ।

संघका महासचिव पूर्ण बहादुर खत्रीका अनुसार विश्वमा फैलीएको कोरोना महामारीले नेपालमा पनि प्रतक्षअसर र बन्दाबन्दिले पारिरहेको बेला निजि क्षेत्रमा परेका असर समस्या समाधानको लागि ज्ञापन पत्र पेश गरिएको हो ।

कोभिड १९ बाट बचन नेपाल सरकारले गरेको लकडाउन सामान्य नागरिक थोक तथा खुद्रा देखि ब्यापार व्यवसायी,पर्यटन ,कृषि ,यातायात ,शिक्षिक क्षेत्रमा परेको समस्या समाधान गर्दिन भन्दै संघले मन्त्रालयलाई पत्र लेखेको हो ।

पत्रमा सरकारी राहत अनुदान सहयोग दिदा सबै प्रभावित कृषि ,पर्यटन ,पूर्वाधार ,विकास उर्जा लगायतका व्यावसायीलाई पहिचान गरि दिनुपर्ने बताईएको छ

तेस्तै बन्दाबन्दि अवधिभरको बैंकब्याज ऋण पुर्णरुपमा मिनाहा गर्नुपर्ने साथै पुरानो धितो जमानिका आधारमा न्युनतम ५० प्रतिशत पुनर्कर्जा दिने व्यवस्था दिनुपर्ने माग राखीएको छ ।

तेस्तै संघिय स्थानिय सरकारले लिदै आईरहेको कर तथा शुल्क मिनाहा गर्नुपर्ने पनि पत्रमा उल्लेख छ ।

संघले ३१ गते नेपाल सरकार अर्थमन्त्रालयलाई बुझाएको पत्रमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि बन्दाबन्दिको प्रभाव बारे विस्तृत अध्यन गरि राहत पुनर्स्थापना तथा सहयोगको प्याकेज निर्माण गर्नमा निजि क्षेत्रले प्रतिनिधित्व सहभागितामा उच्च स्तरिय अधिकार समिति गठन गर्नुपर्ने पनि भनिएको छ ।

बन्दमा परि किस्ता तिर्न नसकेका उधोगी व्यवसायीलाई अवधिभरको किस्ता अन्तिम किस्ता भन्दा पछाडी भुक्तानी गर्नुपरे व्यवस्था मिलाईदिन र बन्द हटेको ६ महिनापछि मात्र मुअक अन्य शुल्क बुझाउने सो अवधिभर अतिरिक्त जरिवाना मिनाहा गर्नुपर्ने माग सहित उल्लेख गरिएको हो ।