बारामा एक प्रहरी जवानमा पनि देखियो कोरोना पोजेटिभ ,
जेठ ३ ,काठमान्डौ -बारामा एकजना नेपाल प्रहरीको जवानमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ।
जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा कार्यरत ती जवानमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।
साथै ती जवानसँग सम्पर्कमा आएका ४० जनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ।
जसमा जिल्ला प्रहरी कार्यालयका प्रहरी, सरकारी वकिल, र जिल्ला प्रशासन कार्यालयका केही कर्मचारी पनि रहेको प्रजिअ पण्डिले बताए। स्वास्थ्य मन्त्रालयले पनि प्रहरी जवानमाथि कोरोना पुस्टि गरेको छ ।

