लामखुट्टेको टोकाइबाट जोगिन औषधी छर्किदै,
जेठ ४ नवलपरासी पश्चिम -,नवलपरासी बर्दघाट सुस्ता पश्चिम सुस्ता गाउँपालिका वडान २ कुडियामा हाम्रो कुडिया युवा कल्बले लामखुट्टे को टोकाइबाट जोगिन प्रत्येक घरमा औषधी छर्किदै छ।
दिन प्रति दिन बढिरहेको गर्मी संगै लामखुट्टे को बिगबिगी चारैतिर फैलिरहेकोले सुस्ता गाउँपालिका वडान २ मा रहेको हाम्रो कुडिया युवा कल्बले औषधी छर्न लागेको हो ।
लामखुट्टे को टोकाइबाट जोगिन हाम्रो कुडिया युवा क्लबमा रहेका ३५ जना सदस्यले आजदेखि घर घरमा लामखुट्टेको औषधि छर्कन सुरु गरेका हुन्।
तेस्तै सुस्ता गाउँपालिकाले हाम्रो कुडिया युवा क्लवलाई औषधी उपलब्ध गराएको हाम्रो कुडिया युवा कल्बका अध्यक्ष नेत्रप्रसाद पासीले जानकारी दिईएका छन।
बिश्वब्यापी रुपमा कोरोना भाईरस (covid-19) को संक्रमण दिन प्रतिदिन बढ्दै जाँदा नवलपरासी को प्रतापपुर गाउँपालिका वडान ५ बैदाैलिमा पनि पहिलो पटक कोरोना संक्रमित फेलापरेका छन्।
संक्रमण रोकथाम तथा नियन्त्रणको लागि हाम्रो कुडिया युवा कल्बले २ गते देखि नै बाहिरी र अपरिचित व्यक्ति गाउँमा प्रवेश नगर्ना दिने भन्दै टोल/टोल मा बेरियर लगाई आवतजावत पुर्ण रुपमा बन्द गरेको छ।
रविन्द्र यादव ,नवलपरासी पश्चिम,

