Gold
Bangad salyan

लकडाउन जेठ २० गते सम्म थप,

जेठ ४ ,काठमान्डौ – कोभिड,१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको छ ।

भोलि ५ गते सकिने लकडाउनलाई थप गरि ५० गते सम्म निरन्तरता दिन समितिले सरकारलाई आग्रह गरेको छ।

अहिले देशका विभिन्न स्थानमा कोरोना फेला परेको र कोरोनाबाट संक्रमितको मृतु समेत भएको बेला लकडाउनलाई थप निरन्तरता दिन समितिले सरकारलाई सिफारिस गरेको एक मन्त्रीले रंग दर्पणलाई बताए।

लकडाउनका कारणनै नेपाल ठुलो दुर्घटनाबाट जोगीएको कारण यसलाई निरन्तरता दिनुभन्दा अर्को विकल्प नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए।

कोरोना रोकथाम तथा नियन्त्र गर सरकारले गत चैत ११ गतेबाट लकडाउन जारि राखेको छ।