मन्त्री वर्षमान पुनद्वारा कोरोना कोषमा १ करोड ११ लाख सहयोग ,
जेठ ५ ,काठमान्डौ – ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले कोरोना भाइरस रोकथाम विपद कोषमा १ करोड ११ लाख, ११ हजार १ सय ११ रुपैयाँ जम्मा गरेका छन्।
मन्त्रि पुनले प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीलाई हिजो आईतबार ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
मन्त्रि पुनले कोषमा जम्मा गरिएको रकम कोरोना रोकथाम तथा नियन्त्रण पालिकाहरुमा पठाउन सुझाव दिए।
सचिव बिडारीले हालसम्म कोषमा २ अर्ब २६ करोड रुपैयाँ जम्मा भइसकेको जानकारी दिए ।
उनले माग भई आएको अवस्थामा कोषबाट पालिकाहरुमा रकम पठाउन सकिने बताए ।
महामारीबाट कम प्रभावित र आन्तरिक श्रोत परिचालन गर्न सक्ने पालिकाहरुका लागि कम र अतिप्रभावित तथा आन्तरिक श्रोत कम भएका पालिकाहरुका लागि बढी प्राथमिकतामा राखेर रकम पठाइने उनको भनाइ थियो ।

