प्रधानमन्त्रीले विदेशमा अल्पत्र परेका श्रमिकको बारेमा ओठे जवाफ दिन मिल्दैन भट्टराई ,
जेठ ६,काठ्मान्डौ – प्रधानमन्त्री केपि शर्मा ओलिले संसदमा विदेशमा अल्पत्र परेका नागरिकको बारेमा कुनै जवाफ नदिएको समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बताएका छन ।
देशको तालाचाबी हातमा लिएर बसेका प्रधानमन्त्रीले विदेशमा अल्पत्र परेका लाखौ नेपालि श्रमिकको बारेमा एक शब्द नबोलेको उनले बताए।
सांसदहरूले सोधेको पूरक प्रश्नको जबाब प्रधानमन्त्रीले गैरज़िम्मेदार र असंवेदनशील ढंगले दिएको समेत भट्टराईले बताए ।
जतिसौकै ठूलो समस्या आएपनि समाधान खोज्ने प्रमुख जिम्मा प्रधानमन्त्री र सरकारको हुने र देशको कार्यकारी प्रमुखले ओठे जवाफ दिन नमिल्ने भट्टराईले बताए ।
अलपत्र श्रमिकलाई प्रम@kpsharmaoli ले ”तिनलाई ल्याएर कोरोना मात्रै फैलाउने,देशै सोत्तर पार्ने?” भनेपछि यिनलाई के भनूँ-“म सुजन थापा मेरो घर गोर्खा म दुबैमा छु मेरो भिसा पनि सकियो मलाइ खान बस्नलाइ सारै समस्या भयो नेपाल आउनलाइ सरखारले केकस्तो बेबस्ता गरेको छ र कहिलेबाट आउन सकिन्छ?”
— Baburam Bhattarai (@brb1954) May 19, 2020

