संक्रमित बिरामीलाई उपचारनै नगरेको खुलासा अस्पतालले आफै दिएको थियो मृतकको सूचना ,
जेठ ७ ,काठमान्डौ – रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा कोरोना संक्रमित उपचाररथ गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षीय शिक्षकको मृतुको खबर उपचार गरिरहेको अस्पतालललेनै दिएको खुलेको छ।
ज्वरो आएर बिरामी परेका उनलाई जेठ १ गते अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गर्दापनि उनको अवस्था गम्भीर रहेको बताईएको थियो । ,उनको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो हो ।
कोरोना रिपोर्ट पोजेटिभ आएपछि केहि दिन एता उनको नजिक चिकित्सक छेउछाउ नपरेको समेत बताईएको छ।
आज उनको मृतुको समचार सम्प्रेषण भएसंगै रंग दर्पणले अस्पातलका दुवै नम्बरमा दश देखि १२ पटक कल गर्दापनि कल उठेन।
तेस्पछि हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलफ्री नम्बरमा सम्पर्क गरेपछि आफुहरुलाई कुनै जानकारी नआएको बताएको थियो।
अस्पतालले भेन्टिलेटरमा राखेको दुई दिनमै अस्पताल प्रशासनले प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराललाई सम्पर्क गरेर कोरोनाबाट बिरामीको मृत्यु भयो भन्दै शव कहाँ व्यवस्थापन गर्ने भनेर सोधेको थियो ।
अस्पताले दिएको सुचनाको आधारमा मन्त्री बरालले कोरोना संक्रमितको मृत्यु भएको सूचना मिडियालाई दिएका थिए । साथै उनले कोरोना संक्रमितको शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न अस्पताललाई सुझाए ।
बिरामीको मृतु भएको भन्ने खबर आज घर परिवारमा समेत पुगेको बताईएको छ। बिरामीको मृतु भईसकेको भनेर सुचना दिने अस्पतालले समाचार सम्प्रेषण पछि एका एक बिरामी जिवितै रहेको विज्ञप्ति निकालेको हो।
अस्पतालको विज्ञप्ति पछि जीवित व्यक्तिबारे झूठो विवरण दिएको भन्दै सामाजिक विकास मन्त्रीले अस्पतालमा फोन गरेर तुरुन्त विज्ञप्ति जारी गर्न भनेका थिए ।
प्रदेश सरकारलाई झूठो विवरण दिने अस्पताल प्रशासनमाथि मन्त्रालयले थप छानविन गर्ने स्रोतले जानकारी गरेको छ ।
बिरामीको रिपोर्ट पोजेटिभ आएदेखि अस्पतालले भेनटिलेटरमा राखेर छोडेको र उपचार नगरेको समेत सामाजिक विकास मन्त्रालयका एक अधिकारीले जानकारी गरेका छन्।
बिरामीमा कोरोन पोजेटिभ देखिएसंगै उपचार र हेरचाह नपाएका ती बिरामीको स्थिति गम्भीर रहेको अस्पताल प्रशासनले स्वीकार गरेको छ ।


