Gold
Bangad salyan

बाँकेमा थप ६ जना संक्रमित थपिए नेपालभरीबाट २५ जना ,

जेठ ७ ,काठमान्डौ बाँकेमा थप ६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गरेको छ।

ति मध्ये ६ जना पुरुष १७ ,२०,२८ ,३० , ४० जना नरैनापुर ५ का छन् भने २७ वर्षीय पुरुष खजुरा ५ का छन्।

तेसैगरि धनकुटामा ५ ,कपिलवस्तुमा १३ जना ,नवलपरासी पश्चिम सुस्ता गाँउपालिका ५ का २७ वर्षीय एक पुरुष गरि जम्मा २५ जना नया संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

हाल सम्म ३८ जिल्लामा गरि ४२७ जना संक्रमित थपिएका हुन् भने हाल सम्म ४५ जना निको भएर घर फर्केका छन्।

आजका संक्रमित सबै ३ वर्ष देखि ४८ वर्ष सम्मका रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।