Gold
Bangad salyan

मृतकको कोरोना रिपोर्ट नआउदै परिवारलाई बुझाउने नेशनल मेडिकल कलेज अस्पताललाई कारबाही , ,

जेठ १२ ,वीरगन्ज – पीसीआर रिर्पोट नआउँदै मृत्यु भएका बिरामीको शव परिवारलाई जिम्मा लगाएको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई कारबाही गरिने भएको छ।

जेठ २ गते भर्ना गरिएको र जेठ ४ गते नै मृत्यु भएका बारा कलैया उपमहानगरपालिका ७ निवासी एक ७० वर्षीय व्यक्तिमा कोभिड १९ संक्रमणको आंशकामा पीसीआर जाँचको लागि स्वाब संकलन गरिएको थियो।

पीसीआर नतिजा नआउँदै शव आफन्तलाई जिम्मा लगाइएको र मृतकको सदगदसमेत दाहाससंकारसमेत भईसकेको छ।

मृतकको पिसिआर रिपोर्ट आएको र उनीमाथि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेशनल मेडिकल कलेजलाई थप अनुसन्धान एवं कारबाही गर्ने जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

यो घटनामा थप छानबिन एवं कारबाही प्रक्रिया अघि बढाउन संघीय गृह मन्त्रालयमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।

कोरोना पोजेटिभ देखिएका मृतकको सम्पर्कमा आएका उक्त कलेजका स्वास्थ्यकर्मी लगायत अन्य सबै व्यक्तिहरुको कनट्याक्ट ट्रेसिङ गर्ने र उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मी लगायत संलग्न सबै व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखी पीसीआर चेकजाँच गर्ने निर्णय पनि बैठकले गरेको छ ।

नेशनल मेडिकल कलेजले मृतकको उपचार गरेको कक्ष तत्काल सिल गर्ने पनि संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको सहायक प्रजिअ बस्नेतले जानकारी दिए ।